कोरोना कहरः कोपा अमेरिका र युरोकप स्थगित, अन्यौलमा लिग खेल

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अमेरिकी फुटबल (कोपा अमेरिका) र युरोपियन फुटबल प्रतियोगिता (युरोपक) एक वर्षको लागि स्थगित भएको छ ।

मंगलवार यी दुवै प्रतियोगिताको विषयमा बसेको बैठकले कोरोनाको संक्रमण बढ्दै गएको कारण सन् २०२१ सम्मको लागि दुवै खेल स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले पनि युरोपलाई कोरोना भाइरस संक्रमण जोखिमको उच्च स्थानमा राखेको छ ।

यसकै कारण युरोकप र कोपा अमेरिका सा् २०२१ सम्मको लागि स्थगित गरिएको छ ।

अन्यौलमा लिग खेल

कोरोना भाइरसको कारण युरोपका सम्पुर्ण लिग खेलपनि स्थगित भएको छ । ला लिगा, प्रिमियर लिग, च्याम्पियन लिग जस्ता लिग प्रतियोगिता स्थगित भइसकेको छ ।

पछिल्लो समय युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण लिग खेलपनि अन्यौलमा परेका छन् । कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा नआएसम्म लिग खेल सञ्चालन हुने अवस्था छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here