धमाधम खाद्य सामग्री जुटाउँदै उपभोक्ता, पूर्व तयारी कि सरकारप्रतिको अविश्वास ?

जितेन्द्र खनाल

काठमाडौं, ५ चैत । कोरोना भाइरसको संक्रमण विश्वभर दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण उपभोक्ता बजारमा उच्च असर देखिन थालेको छ । चीनको बुहान राज्यबाट फैलिएको कारोना भाइरसको संक्रमण जापान, अमेरिका, कोरिया, इटालीको साथै पछिल्लो समय छिमेकी राष्ट्र भारतमा पनि फैलिएको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ४० भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएका छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कोरोनाका थप संक्रमण देखिएको छैन् भन्ने जानकारी दिएपनि नेपाली जनताले भने यो कुरालाई पुर्ण रुपमा विश्वास भने गर्न सकेका छैनन् ।

पछिल्लो समय नेपाली उपभोक्ताहरु धमाधम खाद्य सामग्रीहरु जम्मा गर्ने दाउमा छन् । तेल, नुन, ग्यास, डिजेल, पेट्रोल, चामल, दाल जस्ता अत्यावश्यक खाद्य पदार्थ जम्मा गर्दैछन् ।

ग्यासमा सबैभन्दा धेरै समस्या

एकातिर सरकार कुनै प्रकारको अभाव नहुने बताइरहेको छ भने अर्को तर्फ उपभोक्ता हरेक प्रकारका सामग्री जटाइरहेका छन् । पछिल्लो समय उपभोक्ता ग्यासको सिलिण्डर जम्मा गर्ने सोँचमा छन् ।

कलंकीको गिता पञ्चायन मन्दिर अगाडि किराना पसल सञ्चालन गर्दै आएका धादिङ्गका दिपक ढकाल ग्यास बाढ्नै नसक्ने अवस्थामा आएको बताउछन् ।

‘मैले अस्ति मात्रै हो २०० सिलिण्डर ग्यास झारेको थिए, आज विहानसम्म खोसाखोस भएरै सकियो’ व्यवसायी ढकालले भने, ‘नाकाबन्दीको जस्तो झझल्को आउन थालिसक्यो ।’

ग्यास मात्रै होइन नुन, खाने तेलमा पनि यस्तै प्रकारको खोसाखोस देखिएको छ । एउटै व्यक्तिले ५/७ पोका नुन किनेको कुरा व्यवसायी ढकाल बताउँछन् ।

‘नुन, खाने तेल पनि अनावश्यक रुपमा उपभोक्ताहरु जम्मा गरिरहेका छन्’ उनले भने, ‘प्रतिव्यक्ति ५/७ पोका नुन, तेल किनिरहेका छन् ।’

पूर्व तयारी कि सरकार प्रतिको अविश्वास ?

सरकारले कम्तिमा पनि १० महिना नुन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव नहुने कुरा बताउँदै आएको छ ।

यसका साथै ग्यासको सम्बन्धमा पनि कुनै प्रकारको अभाव नहुने कुरा बताईदै आएको छ । पछिल्लो समय आर्मी, प्रहरी खाटाएर ग्यास वितरण गर्ने कुरा गरिएको छ ।

सकारको घोषणा एकतर्फ छ भने उपभोक्ताको अविश्वास अर्कोतर्फ छ । आजसम्म कोरोनाको कुनै संकेत देखिएको छैन् र कुनै अभाव हुँदैन् भन्ने भनाई आएको छ ।

तर, कोरोनाको संक्रमण देखिएको दिनबाट समस्या हुने कारण आवश्यक सामग्री जम्मा गरेको उपभोक्तहरु बताउँछन् ।

अहिले उपत्यकाको हरेक पेट्रोप पम्पमा लाइन देखिन्छ । सरकारले सहज रुपमा पेट्रोल, डिजेल वितरण गर्ने बताएपनि त्यो भने लागु हुन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here