एक वर्षमा संघीय सरकारको बेरुजु १ खर्ब ६ अर्ब

काठमाडौं, २९ चैत । संघीय सरकारका निकायहरुमा एक आर्थिक वर्ष भित्रै १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु देखिएको छ । महालेखा परिक्षक कार्यालयका अनुसार आव २०७४\७५ मा संघीय सरकारको २० खर्ब ८ अर्ब ८४ करोडको लेखा परीक्षण गरेको थियो । त्यसमध्ये १ खर्ब ६ अर्ब ३४ करोड अर्थातः ५.२९ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षकको कार्यालयले जानकारी दिएको छ । कार्यालयले शुक्रबार राष्ट्रपति समक्ष ५६ औं प्रतिवेदन बुझायो । महालेखाले यस आवमा संघ, प्रदेश र स्थानीय तह तथा संगठित संस्था, समिति, अन्य संस्था र जिल्ला समन्वय समितिको समेत ५१ खर्ब ६० अर्ब रुपैयाँको लेखापरीक्षण गरेको कार्यालयले उल्लेख गरेको छ ।

कून तहमा कति बेरुजु ?

सरकार             कूल लेखा परीक्षण                बेरुजु                          प्रतिशत
संघ                २० खर्ब ८ अर्ब ८४ करोड         १ खर्ब ६ अर्ब ३४ करोड        ५.२९
प्रदेश              २ अर्ब ६२ करोड                   १९ करोड ५१ लाख              ७.२५
स्थानीय            ५ खर्ब ७१ अर्ब ५१ करोड         २४ अर्ब १४ करोड                ४.२२

कूल बेरुजु ३ खर्ब ७७ अर्ब
सार्वजनिक निकायले गरेको खर्चको आधार देखिएन भने महालेखाले त्यसलाई बेरुजु अन्तर्गत राखेर हिसाव निकाल्छ । समिक्षा आवमा थपिएको बेरुजुसँगै अब सार्वजनिक निकायको कूल बेरुजु ३ खर्ब ७७ अर्ब ४८ करोड पुगेको छ । बेरुजुको खर्च हिसाव देखाउन नसक्ने हो भने यो रकमा आर्थिक अनियमितता गरेको ठहर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here