थप १६ जनाको नमुना परीक्षणमा देखिएन कोरोना सङ्क्रमण

काठमाडौं, ५ चैत । पछिल्लो पटक राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि कसैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन् ।

रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड—१९ को परीक्षण गर्न प्राप्त २५ वटा नमुनामध्ये १६ वटामा कोरोनाभाइरस नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ । नौ वटा परिक्षणको परिणाम भने आउन बाँकी छ।

प्रोगशालाको रिपोर्ट अनुसार बुधवार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट (नेगेटिभ) आएको छ । परिक्षण गरिएको मध्ये अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन्।

यसअघि ४९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here