कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं, ५ चैत । कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य विज्ञ सहित उच्चस्तरीय समिति गठन गरेको छ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा गठन भएको उच्चस्तरीय अनुगमन समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन्।

सो समितिले देशमा आइपर्ने विपतिबारे दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतनामूलक सामाग्री तयार गर्नेछ ।

स्वास्थ्य क्षेत्रका विज्ञसहितको सो समितिका अन्य सदस्यमा डा. सञ्जिव सापकोटा (अमेरिका), डा. डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), डा. रमेशकुमार खोजु (युके), डा. सन्तोष सापकोटा (अमेरिका), डा. सत्यमान राजभण्डारी (युके), डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड), डा. श्रवणकुमार मिश्र (नेपाल), डा. शक्ति चौरसिया (नेपाल), डा. हेमराज शर्मा (युके) र डा. हेमन्त दवाडी (नेपाल) रहेका छन्।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलब्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पुर्‍याउनेलगायतका विषयमा केन्द्रित रहेर काम गर्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here