बलिउड सेलिब्रिटीमा कोरोना प्रभाव, को को छन् क्वारेन्टाइनमा ?

काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कारोना भाइरसको संक्रमण पछिल्लो समय भारतमा पनि तिब्र रुपमा फैलिदै छ ।

कोरोनाको हरेक क्षेत्र प्रभावित छन् । यस अवस्थामा मानिसहरु कोरोनाबाट बच्नको लागि हरेक प्रकारका कामहरु गरिरहेका छन् ।

कोरोनाको प्रभाव विस्तारै भारतिय कलाकारहरुमा पनि देखिन थालेको छ । कालाकारहरुले कोरोनाबा सुरक्षित हुनको लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखिरहेका छन् ।

यस्तो छ क्वारेन्टाइनमा बस्ने कलाकारहरुको सूचीः

अमिताभ बच्चनः

भारतिय अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् । अमिताभ अहिले ब्रह्मास्त्रको सुटिङ गरिरहेका थिए, जुन अहिले स्थगित गरिएको छ ।

आलिया भट्टः

बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन् ।

अर्जुन कपुरः

अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।

दिलिप कुमारः

यो बोहक दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here