सतर्क रहनुस् कोरोना महामारी नेपालतर्फ आउदैछः डब्ल्यूएचओ

काठमाडौं । डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा अहिलेसम्म यो भाइरसको संक्रमण देखा नपरेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।

दक्षिण पूर्वीएसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई समावेश गरेको छ ।

यस मध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । यो मध्ये सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना रहेका छन् ।

यसैगरी इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् ।

यस्तै नेपाल र भुटानमा पनि १–१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले जनाएकोे छ । यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारको दावी छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here