वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढ्यो, रेमिट्यान्स घट्यो

काठमाडौं, ५ चैत । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वैदेशिक रोजागारीमा जानेको संख्या बढेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ०.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्षको सात महिनामा करिब ५ खर्ब १३ अर्ब २१ रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेर सो बराबरको रकम भित्रिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्ष यस्तो आप्रवाह १६ प्रशितले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले घटेर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधीमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो।