नेयमार र मार्टिनेज दुवैलाई भित्र्याउने बार्सिलोनाको दाउ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पूर्व खेलाडी नेयमार र इन्टर मिलानका स्टार लाउटारो मार्टिनेज दुवैलाई भित्र्याउने योजनामा रहेको बताइएको छ ।

अमेरिकन स्पोर्ट्स मिडिया ‘ईएसपीएन’का अनुसार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार र इन्टरका मार्टिनेज दुवैलाई आफ्नो ‘टप ट्रान्सफर विन्डो’मा राखेको छ ।

खबरका अनुसार बार्साका कप्तान लियोनल मेस्सीको आग्रहमा बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेयमार र अर्जेन्टिनी स्टार मार्टिनेज भित्र्याउने मनसाय बनाएको बताइएको छ ।

मेस्सी नेयमारलाई क्लबमा ल्याइएको खण्डमा क्लबसँगको सम्झौता लम्ब्याउने सोचमा रहेको बताइएको छ ।

यता, पीएसजीले पनि नेयमारका लागि मूल्य घटाउँदै १ सय ३५ मिलियन पाउण्ड बनाएको छ । स्रोतको दाबी उल्लेख गर्दै ईएसपीएनले बार्साका दुवै खेलाडीलाई भित्र्याउने मनसायमा रहेको बताएको छ ।

तथापि, यसै समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले नेयमार र मार्टिनेजलाई क्लबमा ल्याएरै छोड्ने योजना बनाएको बताइएको छ । यसका लागि बार्सिलोनाले निरन्तर रूपमा आन्तरिक छलफल गरिरहेको खबरमा जनाइएको छ ।

नेयमारलाई क्याप नोउ फर्किने सम्भावना धेरै देखिएको छ तर मार्टिनेजको बार्सिलोना आउने सम्भावना कम छ ।

खबरका अनुसार बार्सिलोनाले नेयमार र मार्टिनेजबाहेक अर्को एक जना खेलाडी भित्र्याउने इच्छा राखेको बताइएको छ । यसका लागि बार्सिलोनाले इभान राकिटिभ बेच्नसक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here