ओपो एफ१५ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्चईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो ।

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेटले प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

८ जीबी ¥याम र १२८जीबी रोम सुसज्जित ओपो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउने कम्पनीले बताएको छ ।

मूल्य कति ?

चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने मूल्य ओपो एफ१५ रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here