राष्ट्र बैंकका कर्मचारीलाई २ सय २० प्रतिशत भत्ता

काठमाडौं २९, चैत । राष्ट्र बैंकका कर्मचारीले २ सय २० प्रतिशत भत्ता लिदै आएको खुलासा भएको छ । शुक्रबार महालेखा परीक्षकले सार्वजनिक गरेको ०७५ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्ष देखि सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय भत्ता, लुगा भत्ता र महंगी भत्ता बाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेपनि राष्ट्र बैंकमा यो पालना नभएको प्रतिवेदनले औल्याएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १९ किसिमका भत्ता उपलब्ध गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ । ०७५ मा राष्ट्र बैंकले तलब बाहेक १ अर्ब ३२ करोड रुपैयाँ अन्य भत्तामा खर्च गरेको पनि प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई विभिन्न प्रकारका सहुलियत ऋण प्रदान गरे पनि ती सबै सुविधामा कर भुक्तानी नभएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण प्रभावकारी हुन नसेकेको भन्दै महालेखापरिक्षकले प्रश्न उठाएको छ ।

निरीक्षण तथा सुपरीवेक्षण नियमावली अनुसार तथ्यांक जाँच तथा प्रमाणीकरणको काम हुन नसकेको, अभिलेख व्यवस्थित नगरेको लगायत कारण राष्ट्र बैंकको नियमन प्रभावकारी हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here