ठगी गर्ने ब्युटी पार्लरसहित पाँच पसल कारबाहीमा

काठमाडौं, ६ चैत । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि ठगी गर्ने ब्युटी पार्लर तथा ट्रेनिङ हाउसलाई कारबाही गरेको छ ।

बुधबार अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबार गरेको भन्दै ब्युटीपार्लरसहित ५ वटा पसललाई कारबाही गरेको हो।

विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलका अनुसार काठमाडौं मलको चौथौ तल्लामा सञ्चालन भएका फेसियल हाउस र रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरलाई २/२ लाख जरिवाना गरेको छ।

त्यस्तै, गोठाटारमा रहेको भावना स्टोरमा अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि नगर २० हजार जरिवाना गरिएको छ ।

विभागले बुधबार उपत्यकामा रहेका १६ वटा पसलमा अनुगमन गरेको जनाएको छ। अनुगमका क्रममा ६ पसललाई कारवाही, असामान्य अवस्थामा रहेको २ पसललाई ठूलो मात्रामा जरिवाना र ८ वटा पसलमा सामान्य कैफियत भएको भन्दै सुधारका लागि निर्देशन दिइएको छ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलापअनुसार कसुर गरेकाले सोही ऐनको दफा ३१ (१) अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९क० बमोजिम अनुचित व्यापारिक क्रियाकलापअनुसार कसुर गरेकाले सोही ऐनको दफा ३१ ९१० अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए।

उनका अनुसार अनुगमनलाई असहयोग गरेको भन्दै मलमै रहेको लक्ष्मी ब्युटी स्टुडियो एन्ड युनिसेक्स सैलुन, स्यामाज हर्वल सलुन एन्ड ट्रेनिङ सेन्टर र पसल नम्बर ४१९ लाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here