अमेरिका र क्यानडाबीच नाका बन्द गर्ने सहमति

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा क्यानडाका प्रधानमन्त्री जस्टिनबिच कोरोनाभाइरसको संक्रमण बढ्दै गएको कारण तत्कालको लागि देशको सीमानाका बन्द गर्ने सहमति भएको हो।

यी द्ुई राष्ट्रबिच अत्यावश्यक बाहेकका अन्य अवस्थामा सीमानाका बन्द गर्ने सहमति गरेका हुन्।

बुधबार भएको छलफलपछि दुबै देशले नाका बन्द भएपनि यसले दुईदेशको व्यापारलाई भने कुनै असर नगर्ने बताइएको छ।

अमेरिकामा अहिलेसम्म ८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएका छन् भने १३८ जनाको ज्यान गइसकेको छ।

यसैगरी क्यानडामा ५९८ जनालाई यसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here