ब्रोकरमा पाँचजना भन्दा बढी जम्मा हुन नपाउने, मास्क अनिवार्य !

काठमाडौं, ६ चैत । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार हुने ब्रोकरको कार्यालयमा पाँच जना भन्दा बढीको भीड नहुने ब्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्नको लागि ब्रोकर कार्यालयमा कारोबारका लागि लगानीकर्ताको भिडभाड हुने भएकोले यस्तो निर्देशन दिएको हो ।

बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ ।

नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायबीचको छलफलपछि न्यूनतम एक साताको लागि कारोबार रोक्ने तयारी समेत थालेको छ ।

नेप्से र बोर्डले अधिकतम एक साताको लागि मात्रै कारोबार गर्न पाउँछ। एक साताभन्दा बढीको लागि कारोबार बन्द गर्नु परे सरकारको सहमति लिनुपर्ने व्यवस्था छ। बोर्डले एक साताको लागि कारोबार बन्द गर्न सहमति जनाए पनि आधिकारिक निर्णय भने आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here