त्रिविका सबै पठन-पाठन र परीक्षा स्थगित

काठमाडौं, ६ चैत । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा र पठन पाठन स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ सूचनामा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here