टेलिकमको रिङव्याक टोनमा कोरोना भाइरस सम्बन्धी सचेतना सन्देश

काठमाडौं, ६ चैत । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) मा सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा फोन नउठेसम्म कोरोना भाइरस बारे जानकारी पाउनु हुनेछ।

फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ। सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here