श्री एयरलाइन्सको सिमरा उडान सोमबारदेखि

काठमाडौं, ६ चैत । श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान सुरु गर्ने भएको छ ।

श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको श्रीले टर्वोपर्प जहाजबाट सेवा सुरु गर्न लागेको हो ।

८० सिट क्षमताको ड्यास एट क्यू-४०० जहाजले काठमाडौं–सिमरा–काठमाडौं दैनिक २ वटा उडान गर्नेछ ।

काठमाडौं–सिमरा उडानको भाडा दर ३ हजार रहेको श्रीले जनाएको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो । श्रीले सोही जहाज थप्ने घोषणा पनि गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here