डिस्प्ले बन्द गरेर सेयर कारोबार, ब्रोकर अफिसमा पाँचजना भन्दा बढी जान नपाउने

काठमाडौं, ६ चैत । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकहरुलाई डिस्प्ले रुम बन्द गराएर मात्रै सेयर कारोबार गर्न निर्देशन दिएको छ ।

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्नको लागि ब्रोकर कार्यालयमा कारोबारका लागि लगानीकर्ताको भिडभाड हुने भएकोले यस्तो निर्देशन दिएको हो ।

सेयर लगानीकर्ताले सेयर कारोबार रोक्न माग गर्दै बोर्डका पधादिकारीसँग भेट गरेपछि बसेको बोर्ड बैंठकले सेयकधर कारोबार राक्ने निर्णंय भने गरेन ।

बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै धितोपत्र दलाल व्यवसायीहरुले डिस्प्ले रुमलाई बन्द गराएर कोरोबर गराउन, कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँचजनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने, तापक्रम नाप्जे व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here