बिमा समुहको सूचक बढ्दा शेयर बजारमा सुधार, १ अर्ब ९० करोडको कारोबार

काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेको शेयर बजारमा साताको अन्तिम दिन केही सुधार देखिएको छ । विहिबार नेप्से परिसूचक १३.५० अंकले बढेर १ हजार २ सय ६९.३० अंकमा पुगेको छ ।

विहिबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स २.०३ अंकले बढेर २ सय ७३.८२ अंकमा पुगेको छ ।

विहिबार कारोबारमा आएका मध्ये जीवन बिमा, निर्जीवन बिमा, बैकिङ्ग, लघुवित्त, जलविद्युत, अन्य र सामुहिक लगानी कोषको सूचक बढ्यो भने फाइनान्स, होटल, विकास बैंक, ट्रेडिङ र उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो ।

आज सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक २.०८ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमा कम्पनीको १.४९ प्रतिशत, बैकिङ्ग समुहको १.२३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक १.०२ प्रतिशत घट्यो । त्यस्तै, होटलको ०.३२ प्रतिशत घट्यो ।

साताको अन्तिम दिन कोरोबारमा पनि केही सुधार आएको छ । विहिबार १ सय ७३ कम्पनीको ५१ लाख ६ हजार ६ सय ८१ कित्ता शेयर १८ हजार ७ सय ९२ पटक किनबेच हुँदा १ अर्ब ९० करोड ३१ लख ४२ हजार ८ रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here