ग्यास कालोबजारी गर्नेलाई एक महिनामा ५६ लाख ३० हजार जरिवाना गरियोः आपूर्ति मन्त्री भट्ट

काठमाडौं । सरकारले ग्यास कालोबजारी गर्नेबाट फागुनयता ५६ लाख ३० हजार भन्दा धेरै जरिवाना भराइसकेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले गएको एम महिनामा ५६ वटा कारबाहीबाट ५६ लाख ३० हजार भन्दा धेरै जरिवाना भराइएको बताए ।

उसका साथै मन्त्री भट्टाले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्‍ने अवस्थामा रहेको पनि बताए । यस्तै ८ महिनासम्मलाई पुग्‍ने औषधि,१० महिनासम्मका लागि पुग्‍ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको बताए ।

यसका साथै शुक्रबारदेखि सरकारले उपत्याकाको विभिन्‍न ५ स्थानमा सूपथ मूल्यको पसल खोल्ने तयारी गरिरहेको पनि मन्त्री भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here