चिडियाखाना भोलिबाट अनिश्चित कालको लागि बन्द

काठमाडौं । कोरोनाको त्रास बढ्दै गर्दा ललितपुरमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि अनिश्चित कालको लागि बन्द हुने भएको छ ।

सरकारले बुधबार कोरोनाको जोखिम बढ्ने भन्दै भीड नियन्त्रण कम गर्नुपर्ने बताएको कारण सरकारको निर्णय अनुसार चिडियाखाना बन्द गर्ने निर्णय गरिएको चिडियाखाना सञ्चालक समीतिले बताएको छ ।

चिडियाखाना प्रशासनको तथ्यांक अनुसार दैनिक २ हजारभन्दा धेरै मानिसहरु चिडियाखाना अवलोकनको लागि आउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here