मनकामना केबलकार बन्द

काठमाडौं, ६ चैत । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ ।

केबलकार व्यवस्थापन पक्षले विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द गर्न लागेको हो ।

मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।

चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार ९बटम स्टेशन० रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here