नेपाल प्रवेशमा प्रतिबन्ध : यी हुन् प्रभावित देश र एयरलाइन्स कम्पनी

काठमाडौं, ७ चैत । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमित युरोप र खाडीसहितका विभिन्न देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय शुक्रबार रातिबाट कार्यान्वयनमा आउनेछ ।

७ चैत (२० मार्च) देखि ३ वैशाख (१५ अप्रिल) सम्म नेपाल आउने पाइने छैन। समितिको निर्णय कार्यन्वयनमा आएसँगै युरोपमा रहेका ४४ , पश्चिम एसिया तथा खाडीमा रहेका २० र टर्की, मलेसिया, दक्षिण कोरिया र जापान गरी कूल ६८ देशबाट आउने सबै यात्रु नेपाल आउन पाउने छैनन्।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने छ।

त्यसैगरी, वायुसेवा कम्पनीले आफैं उडान रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने बताइएको छ।

युरोपेली राष्ट्रहरु रुस, जर्मनी, बेलायत, फ्रान्स, इटाली, स्पेन, युक्रेन, पोल्याण्ड, रुमानिया, नेदरल्याण्ड्स, बेल्जियम, चेक रिपब्लिक, ग्रिस, र्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया रहेका छन् ।

त्यस्तै सर्विया, स्वीट्जरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिन्ल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्डोभा, बोस्नीया एण्ड हर्जगोभिना, अल्बानिया, लिथुवानिया, नर्थ म्यासेडोनिया, स्लेभेनिया, लाटभिया, इस्टोनिया, मोन्टेनिग्रो, लक्जेम्बर्ग, माल्टा, आइसल्याण्ड, एन्डोरा, मोनको, लिस्टेनस्टेन, सान मारिनोा र होली सीबाट नेपाल आउनेलाई पाउँने छैनन् ।

यस्तै, पश्चिम एसियाली तथा खाडी राष्ट्रहरु बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, यमन, अबखाजिया, अर्मेनिया, अजरवैजान, जर्जिया, साउथ ओसिटिया, इराक, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, इरान, साइफ्रस लगायतका देशबाट आउनेलाई पनि नेपालमा प्रवेश दिइने छैन।

सरकारको यो निर्णयले ३३ वटा अन्तर्राष्ट्रिय विमान कम्पनी प्रभावित भएका छन्। सरकारले प्रतिबन्द लगाएका देश र त्यसबाट प्रभावित हुने एयरलाइन्सको सूची तल प्रस्तुत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here