सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं, ७ चैत । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

विहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

विहिबार प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढ्यो ।

शुक्रबार प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० रुपैयाँ बढ्दै प्रतितोला ७०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here