कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, १० हजार भन्दा धेरैको मृत्यु

काठमाडौं, ७ चैत । चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार कोरोनाको कारण अहिलेसम्म विश्वभर २ लाख ४५ हजार ९ सय १२ जनाभन्दा धेरैमा देखिएको छ ।

कोरोनाको कारण विश्वभर अहिलेसम्म १० हजार ४८ जनाको मृत्यु भईसकेको छ । यसका साथै अहिलेसम्म ८८ हजार ४ सय ६५ जनाभन्दा धेरैको सफल उपचार भइसकेको छ ।

पछिल्लो समय इटाली सहित यूरोपका सबै देशहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here