ग्राहकको भिड रोक्न डिजिटल बैंकिङ कारोबार निःशुल्क

काठमाडौं, ७ चैत । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ ।

बैंकको काउन्टरमा हुने भिडभाड रोक्नको अर्को सूचना जारी नभएसम्मका लागि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्कको व्यवस्था मिलाएको हो ।

शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय भएको हो ।

जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here