इञ्जिनियर पुनः आन्दोलित, सामुहिक राजिनामाको तयारी

काठमाडौं, ३० चैत । भुकम्पपछिको पुनर्निर्माणमा खटिएका इञ्जिनियरहरुले सामुहिक राजिनामाको तयारी गरेका छन् ।

२०७२ बैसाखको महाभुकम्पमा क्षति भएका व्यक्तिगत आवासको पुनर्निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले खटाएका इञ्जिनियहरुले सरकारले आफ्ना माग पूरा नभएको भन्दै सामुहिक राजिनामा दिने मनशाय बनाएको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बताएको छ ।

भुकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले यही चैत १० गतेदेखि राजधानीकेन्द्रित संघर्ष थालेका थिए । त्यसको दुई दिन पछि नेपाल इञ्जिनियर संघको मध्यस्थतामा प्राधिकरण र समितिवीच सात दिन भित्रमा माग पुरा गर्न तीन बुँदे सहमति भएको थियो ।

तर, त्यसपछि १६ दिन पर्खिंदा पनि मन्त्रीपरिषद र सरकारबाट कुनै पनि पहल नगरिएको र हाम्रा माग पूरा गर्न कुनै प्रयास नगरेपछि हामीले पुनः आन्दोलनको घोषणा गरेका हौं, समितिका अध्यक्ष अविनाश अमरले भने ।

उनका अनुसार समितिले सम्पूर्ण पुनर्निर्माण प्राविधिकहरुलाई आफ्नो स्थानीय तहमा बसी लाभग्राहीलाई प्राविधिक सल्लाह दिंदै तहपिच्छे राजनीमाना संकलन गरी जिल्ला संघर्ष समितिमार्फत केन्द्रीय समितिलाई पठाउन आग्रह गरेको छ ।
त्यसबाहेक सम्बन्धित जिल्ला संघर्ष समितिले पनि स्थानीय अवस्था र मागअनुसार आफै निर्णय पनि लिन सक्ने अमरले बताए ।

प्राविधिकहरुको आन्दोलन लम्बिंदा लाभग्राहीको घरको अनुगमन तथा अनुदान रकम सिफारिसमा ढिला हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here