काठमाडौं, ७ चैत । सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाईएको छ ।
सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउने घोषणा गरेका छन् । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने जनाईएको छ ।
सम्बोधको क्रममा कोरोनाभाइरस विरुद्धको लडाइँ चुनौतीपूर्ण भएको भन्दै सबैलाई एकताबद्ध भएर उभिन आह्वान समेत गरे।