श्रीले सार्वजनिक गर्‍यो नयाँ भाडादर, कुन गन्तव्यको कति ?

काठमाडौं, ८ चैत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने घोषणा गरेको छ ।

कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।

श्रीको भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँमात्र छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ ।

त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ । तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ ।

जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ ।

सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो ।

त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजाने श्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here