कोरोनाविरुद्ध लड्न नेपालसहित एसियाली मुलुकलाई ज्याकमाको सहयोग

काठमाडौं, ८ चैत । चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवं एसियाका सबैभन्दा धनाढ्य ज्याकमाले कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका छन्।

ज्याक माले नेपाललगायत १० राष्ट्रलाई अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने उल्लेख गरेका छन्।

माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन्।

शनिबार ट्वीट गर्दै उनले भनेका छन्,‘ यो डेलिभर गर्न सजिलो छैन तर हामी चाँडो भन्दा चाँडो उपलब्ध गराउने छौं।’

यसअघि उनले अमेरिकालाई पाँच लाख टेस्टिङ किट र दस लाख थान मास्क उपलब्ध गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here