कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने पक्राउ

काठमाडौं, ८ चैत । प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय साइबर व्यूरोको टोलीले अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो। भक्तपुरको सिपाडोलबाट उनलाई नियन्त्रणमा लिइएको हो।

फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी नभएको स्पष्ट पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here