कोरोनाको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ।

संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको हो ।

लिलाबहादुर ब्रिटिस(गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए ।

त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here