नेपाललाई डब्ल्यूएचओको सुझावः भारततर्फका सबै नाका तत्काल बन्द गर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारततर्फको सबै सीमा नाका तत्काल बन्द गर्नको लागि नेपाललाई सुझाव दिएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमणका संख्या बढ्दै गएको कारण डब्ल्यूएचओले नेपाललाई त्यस्तो सुझाव दिएको हो ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here