काठमाडौं । पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ । कपाल झर्ने समस्याको कारण भर्खरका युवा युवतिको सबैभन्दा ठूलो समस्या बन्दै गएको छ ।
कपाल झर्नुको पनि विभिन्न प्रकारका कारणहरु हुन्छन् । ती मध्ये केही निम्न छन्ः
१. वंशानुगत गुणका कारण
२. तनाव र स्ट्रेसका कारण
३. भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमीको कारण
४. अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गर्नुको कारण
५. सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको कारण
६. फंगल इन्फेक्सनका कारण
७. गर्भावस्था, प्रसव र युवा अवस्थामा मानिसको आएको हर्मोन परिवर्तनको कारण
८. निद्रा नपुग्नु आदी । (एजेन्सी)