शेयर बजारमा कोरोना प्रभाव, नेप्से १८ अंकले घट्दा साढे १९ करोडको कारोबार

काठमाडौं, ९ चैत । साताको पहिलो दिन नै शेयर बजारमा कोरोना भाइरसको प्रभाव परेको छ । सरकारले २५ जनाभन्दा धेरै मानिसहरु एक ठाउँमा बस्न नपाउने तथा अत्यावशेक बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन अपिल गरेसंगै शेयर बजारमा प्रभाव परेको हो ।

आइतबार नेप्से परिसूचक १८.२० अंकले घटेर १ हजार २ सय ५१.४५ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशत कम हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतबार सेन्सेटिभ इन्डेक्स २.७६ अंकले घटेर २ सय ७१.०६ अंकमा झरेको छ ।

आइतबार कारोबारमा आएका मध्ये होटल, अन्य र निर्जीवन बिमा बाहेक अरु सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो । होटलको सूचक ३.५१ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको १.०८ प्रतिशत र निर्जीवन बिमाको ०.०२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक घट्यो । बैकिङ्गको सूचक २.४२ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको १.५१ प्रतिशत, ट्रेडिङ समुहको १.३६ प्रतिशत, उत्पादन तथा प्रसोधन समुहको १.१८ प्रतिशत घट्यो भने अन्य समुहको १ प्रतिशत भन्दा कम घट्यो ।

आइतबार कारोबारमा पनि निकै कमी आएको छ । आज १ सय २३ कम्पनीको ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयर २ हजार ३ सय ९१ प्टक किनबेच हुँदा १९ करोड ४६ लाख ४२ हजार ९ सय ८४ रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयर धनीले कमाए । जनउत्थानको शेयर मूल्य ९.६९ प्रतिशत बढ्यो । त्यस्तै, अपी पावर कम्पनीको ७.४१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ७.०२ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुनेश्वरी मर्चेन्ट विकास एण्ड फाइनान्स कम्पनीका शेयर धनी छन् । गुनेश्वरीको शेयर मूल्य ९.३७ प्रतिशत घट्यो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ६.८९ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ६.३१ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले २ करोड ८१ लख ७० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here