पोखराबाट नेपालगञ्जका लागि छुटेको बस मर्स्याङ्दीमा खस्यो

काठमाडौं, ९ चैत । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

पोखराबाट नेपालगञ्जका लागि छुटेको ना. ५ख ४२९४ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

यस्तै, १२ जना घाइते भएका प्रहरीले जनाएको छ । बस सडकबाट झन्डै सय मिटर तल नदीमा खसेको जनाइएको छ ।

दुर्घटना भएको बसमा कति यात्रु सवार थिए भन्ने स्पष्ट जनाकारी आएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here