पाँच दिनलाई सेयर कारोबार बन्द

काठमाडौं ९, चैत । सोमबार देखि पाँच दिन सेयर कारोबार बन्द हुने भएको छ । कोरोनाको जोखिमबाट बच्न सरकारले दिएको निर्णय कार्यान्वयनका लागि धितोपत्र बोर्डले ५ कार्यदिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।

सोमबार देखि नयाँ सेयर किनबेच बन्द भए पनि खरिद भइसकेका सेयरको राफसाफ भने हुने भएको छ । हाल कारोबार भएको तीन दिनभित्र सेयर राफसाफ तथा फछ्यौट गर्नु पर्ने व्यवस्था गरेको हो ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीज्यूको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय अनुसार बजार बन्द गरिएको बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here