कोरोना संक्रमण नियन्त्रणको कोषमा नेपाल बैंकले एक करोड दिने

काठमाडौं, ९ चैत । मन्त्रिपरिषद् बैठकले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रणका कोषमा नेपाल बैंकले एक करोड दिने भएको छ ।

बैंक संचालक समितिको बैंठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरानो भाइरस देशभा फैलिन नदिनका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरेको थियो । सरकारले कोष स्थापना गर्ने वित्तिकै नेपाल बैंकले सहयोगको घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here