अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा, अबको समय अझै सतर्क रहौँ !

काठमाडौं, १० चैत । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ ।

सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन ।

कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि देशका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द भएको छ । लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नपाउने छैनन् ।

मन्त्रालयको बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत यात्रु ओसार्न नपाउने निर्णय गरेको छ ।

उक्त निर्णय उल्लंघन भए कारबाही गरिने यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।

निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले त्यस्ता गाडी जफत गर्ने सरकारले चेतावनी दिएको छ ।

नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भीडमा नजान सकारको अपिल छ।

छिमेकी मुलुक भारतले समेत अन्तरप्रदेश यातायात सेवा बन्दको घोषणा गरिसकेको छ ।

आन्तरिक उडान भने जारी रहेको छ । संक्रमणको अवस्थालाई ध्यानमा राखेर आन्तरिक उडानलाई पनि नियमित गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने सरकारी तयारी छ ।

अतिआवश्यकीय बाहेकका सबै सरकारी, सार्वजनिक, सामुदायिक र निजी कार्यालय, स्कूल तथा कलेजहरु बन्द भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here