लामो दूरीका सवारीसाधन बन्द, सडक सुनसान देखियो

काठमाडौं, १०, चैत । सरकारले सोमबारदेखि लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न दिएको छैन । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि यातायात सञ्चालनमा रोक लगाएपछि सडक सुनसान देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा उपत्यकाकभित्र भने सार्वजनिक बस सञ्चालन हुनेछन्।

निर्णय गरेको थियो। शुक्रबारको निर्णय अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको हो।
आइतबारको निर्णय अनुसार आजदेखि भारतसँगका सीमा नाका पनि बन्द हुँदैछन्।

अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here