मानवले विर्सिएको महत्वपूर्ण पाठ सिकाउने कोरोना भाइरस !

काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण उत्पन्न संकटसँग लड्न मानिस अहिले जस्तोसुकै कार्यको लागि पनि तयार देखिएका छन् । कोरोनाले त्राससँगै मानवले विर्सिएको एक महत्वपूर्ण पाठ पनि सिकाएको छ ।

विश्व सभ्यताको इतिहासमा पूर्वीय दर्शन, संस्कृति र सभ्यताको महत्वपूर्ण स्थान छ । सभ्यताको शिशु बिहानीमा मानवले जीवनयापन गर्ने क्रममा प्रकृतिसँग समाहित हुने सिलसिलामा धर्म र दर्शनको प्रादुर्भाव भएको मानिन्छ ।

विश्व सभ्यताबाट मानवको पुराना इतिहासहरु मेटिदै गएका छन् । यो महामारीका बीच हाम्रा पुराना शैलीहरुको विकास भएका छन् । विश्वभर मानिसहरुको अभिवादन गर्ने तरिका फेरिन थालेको छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण हात मिलाएर अभिवादन गर्ने पश्चिमा नेताहरु एकाएक नमस्ते गर्न थालेका छन्। मानिसले धनभन्दा पनि स्वास्थ्य महत्वपूर्ण रहेछ भन्ने तिर ध्यान गएको छ ।

हात मिलाउनु, अंकमाल गर्नु र चुम्बन गर्नु पश्चिमा मुलुकको संस्कार हो। पश्चिममा कसैसँग भेट्दा, सम्मान र आदर प्रकट गर्न हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने गरिन्छ।

तर कोरोनाको त्राससँगै पछिल्लो समय पश्चिमा मुलुकमा पूर्वेली समाजको ‘नमस्ते संस्कार’ स्थापित हुँदै गएको देखिएको छ।

यतिबेला पश्चिम मुलका देशहरुले हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने संस्कारलाई तत्कालका लागि रोकेका छन्।

यो महामारीका बीच हामी पनि यी निम्न लिखित राम्रा कुरा पाउँन सकिन्छ ।

१ वैदिक अभिवादनशैली ‘नमस्कार’को सर्व स्वीकार

२ मृत शरीरको अग्नि संस्कार

३ धन भन्दा स्वास्थ्य मुल्यवान

४ चोखो भोजन मात्र स्वीकार

५ सबै प्रति उदारभाव

६ सीमाना मजबुत पर्दैमा देश शक्तिशाली हुँदैन्

७ स्वावलम्बि बन्न प्रेरणा

८ योग, ध्यानमा जोड

९ जीव रक्षा र अहिंसालाई प्राथमिकता

१० अनिवार्य सफाइमा सचेतना

११ जल उपचारमा जोड

१२ सबै प्राणिको अस्तित्व स्वीकार

१३ आयुर्वेद र प्रकृतिको सम्मान

१४ परोपकारमा प्रेरणा

१५ अस्तित्व स्वीकार गर्न प्रेरणा

१६ सर्व कल्याणको प्रेरणा

१७ सनातन संस्कारको विज्ञान प्रमाणित

१८ शाकाहारी र सात्विक भोजनको शक्ति

१९ एकान्त वास र आत्म केन्द्रित हुन जोड

१९ रोग प्रतिरोगात्मक शक्ति बढाउन

२० जीवनको अनित्यता प्रति सचेतता

आर्चाय राजनशर्माको भिडियो सन्देशबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here