फेसबूक एपमै मेसेञ्जरको सुविधा थपिने सम्भावना

काठमाडौं, ३० चैत । चर्चित सामाजिक सञ्जाल फेसबूकले मेसेन्जरलाई पुनः मुख्य एपमै ल्याउने भएको छ ।

वर्षौंदेखि प्रयोगकर्ताको आलोचना खेप्दै आएको मेसेन्जर अलग्याउने निर्णय सुधार गर्न लागेको संकेत फेसबूकले दिएको छ । अहिले प्रयोगकर्ताले फेसबूक एप इन्स्टल गरेपनि साथीसँग च्याट गर्न तथा फाइल सेयर गर्न मेसेन्जर अलग्गै डाउनलोड गर्नु पर्छ ।

फेसबूकले यही झञ्झट हटाउन लागेको हो ।

मोबाइल एपका अनुसन्धानकर्ता जेन मन्चुन वङले पछिल्लो समय फेसबूकले मेसेञ्जरलाई पुन मुख्य एपमै जोडने संकेत देखिएको बताएका हुन् । फेसबूक एपमा त्यसको संकेत देखिने खालका परिवर्तन गरिएको पनि उनले बताए ।

फेसबूक एपको सबैभन्दा माथि दायाँ पट्टी देखिने मेसेन्जर आइकनमा क्लिक गर्दा त्यसैमा च्याट सेक्सन खुल्ने नयाँ परिवर्तत देखिएको वङले बताएका छन् । उनका अनुसार यो परिवर्तन फेसबूकको मेसेञ्जर हटाउने कदम हो ।

तर, नयाँ परिवर्तन देखिए पनि फोटो तथा फाइल पठाउन र फोन गर्न भने बेग्लै मेसेञ्जरमै जानु पर्ने अवस्था छ । त्यस्तै प्रतिक्रिया जनाउने संकेतहरुका लागि पनि मेसेञ्जरमै जानुपर्छ । त्यसैले केही समय मेसेञ्जरको विकल्प भने देखिएको छैन ।

फेसबूकले इन्स्टाग्राम, मेसेञ्ज्र र ह्वाट्सएप सबै मेसेञ्जरलाई एकीकृत गर्ने योजना बनाएको छ । यस्तो परिवर्तन सन् २०१९ को आखिरसम्ममा पूरा हुने बताइएको छ ।

फेसबूकका प्रवक्ताले पनि फेसबूक एपमा परिवर्तन ल्याउने प्रयास भइरहेको बताएका छन् । तर १ अर्ब भन्दा बढी मानिस आवद्ध भएको मेसेञ्जरलाई हटाउने बारेमा भने उनले कुनै प्रतिक्रया दिन चाहेनन् ।
(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here