नेपाल पूर्ण रुपमा ‘लकडाउन’, मंगलबारबाट घर बाहिर निस्कन रोक

काठमाडौं, १० चैत । सरकारले मंगलबारबाट देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो।

नेपालमा कोरोना भाइरस संक्रमण भेटिए लगतै सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ।

यसअघि स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतार हुँदै गत साता नेपाल आएकी एक छात्रामा कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएको थियो।

ती छात्रालाई टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here