कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा

काठमाडौं, ११ चैत । कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा आएका छन् ।

फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका एक जना अर्का व्यक्ति बागलुङबाट सम्पर्कमा आएका छन्।

उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्।

बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली त्यसतर्फ जाँदैछ।

ती युवामा ज्वरो आउने लगायत अन्य कुनै लक्षण नदेखिएको जनाईएको छ ।

विक थरका ती युवा ४ गते काठमाडौं ओर्लिएर भोलिपल्ट बागलुङ गएका थिए।

चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो। सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here