परिसंघले भन्यो – सरकारलाई सघाउन तयार छौं

काठमाडौं, ११ चैत । नेपाल उद्योग परिसंघले कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने बारे सरकारसँग छलफलग गरेको छ ।

परिसंघको एक प्रतिनिधि मण्डलले सोमबार सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग यसबारे छलफल गरेको हो ।

सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल भएको परिसंघले जानकारी दिएको छ ।

उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता रहेको बताएका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here