बैंक तथा वित्तीय संस्थाका सीमित शाखाबाट कारोबार सूचारु

काठमाडौं, ११ चैत । ‘लकडाउन’ मा बैंक तथा वित्तीय संस्था भने खुल्ने भएको छ ।

राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो ।

बैंकहरुले प्रत्येक स्थानीय तहमा एउटा वाणिज्य बैंकले एउटा शाखा खोल्ने निर्णय गरेका छन् । जसअनुसार एउटा स्थानीय तहमा एउटा शाखा खुल्नेछ ।

यसअघि सरकारले अत्यावश्यकबाहेक कुनै पनि काममा घरबाहिर ननिस्कन भनेपछि बैंक पनि बन्द हुने बताइएको थियो । उपत्यकाका आज घोडेजात्रा परेको हुनाले बुधबारबाट मात्र बैकहर खुल्ला रहनेछन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार काठमाडौं महानगरपालिकामा ७ वटा शाखा हुनेले एउटा शाखा ललितपुरमा ५ वटा शाखा हुनेले एउटा शाखा शाखा सञ्चालन गर्न पर्ने निर्देशन जारी गरेको छ ।

त्यस्तै एयटा स्थानीय तहमा एउटा मात्रै शाखा भएको बैंकले पनि त्यहाँबाट सेवा दिनुपर्नेछ । बैंकर्स एसोसिएसनका अनुसार अब २७ वटा बाणिज्य बैंकका काठमाडौं महानगरपालिका भित्र एक एक वटा शाखा खुल्ला राख्नु पर्ने छ ।

एउटा स्थानीय तहमा एउटा मात्रै शाखा हुने बाणिज्य बैंकले उक्त शाखाबाट सेवा सञ्चालन गर्नुपर्नेछ । शाखाहरुलाई नगद कारोबार अनिवार्य गरिएको छ भने अन्य सेवालाई स्वेच्छिक गरिएको बैंकर्स एसोसिएसनले जनाएको छ ।

सरकारको निर्देशनमा औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here