१० कक्षासम्मका विद्यार्थीलाई घरमै निःशुल्क अनलाईन अध्ययन, इसेवा र मिडासले दिए सुविधा

काठमाडौं, ११ चैत । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनले १० कक्षासम्मका विद्यार्थीहरुलाई घरमै अनलाईन अध्ययन सुविधा दिन सहकार्य गरेका छन् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्यदृष्य मार्फत अध्ययन गर्न सक्ने उनीहरुले बताएका छन् ।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा अंग्रेजीमा ‘इसेवा’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न सकिनेछ ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरीदेखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्रीमार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईलमार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here