एमजीको इलेक्ट्रिक कार यसै वर्ष भारत आउने, नेपालमा कहिले आउला ?

काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस इलेक्ट्रिक कार भारतमा ल्याउने भएको हो ।

एमजीले यो वर्ष भारतमा एमजी हेक्टरको पनि बिक्री शुरु गर्दै छ । त्यसपछि आगामी डिसेम्बर महिनामा इलेक्ट्रिक कार लञ्च गरिने छ । भारतसँगै जर्मनी, वेलायत, थाइल्यान्ड र अष्ट्रेलियालगायत मुलुकमा पनि ईजेडएसको बिक्री शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

एमजीले भारतमा आउन लागेको इलेक्ट्रिक कार ईजेडएसको वारेमा केही आधिकारिक जानकारी भने दिएको छैन् । यद्यपि युरोपियन मोडलमा रहेको इलेक्ट्रिक मोटरले भने १४७.५१ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्दछ । एक पटकको फुल चार्जमा यसले ३३५ किलोमिटरको दुरी तय गर्छ ।

डीसी फास्ट चार्जिङ्गबाट यसमा भएको ब्याट्री ४० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । कम्पनीका एक अधिकारीले यो भन्दा पहिले भारतमा आउने एमजी ईजेडएसले फुल चार्ज हुँदा २५० किलोमिटर दुरी तय गर्ने बताएका थिए ।

एमजी ईजेडसको प्रिमियर २०१८ को ग्वाङझाओ मोटर शोमा भएको थियो । केही एशियाली बजारमा बिक्री हुने यो कार गत महिना भएको बैंकक इन्टरनेशनल शोमा समेत देखाईएको थियो ।

नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजीका गाडी बिक्रीवितरण गरिरहेको छ । यसअघि आगामी भदौको अन्त्यतिर हुने नाडा अटो शोमा ईजेडएस सार्वजनिक गरिने अनुमान गरिएको थियो । यद्यपि प्रदर्शनको लागि मात्र भए पनि त्यतिबेला एमजीको सो ईलेक्ट्रिक कार नाडा अटो शोमा उपलब्ध हुने अनुमान गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here