एटीएममा चाहिने जति पैसा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं १२, चैत । एटीएममा चाहिनेजति पैसा राख्न राष्ट्र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । ती एटीएमको नियमित निगरानी गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

सकेसम्म ग्राहकलाई आधारभुत सेवा प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्ययमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी अफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्ययमबाट कारोबार गर्न सुचित गर्न आग्रह गरिएको छ । यस्तै, हरेक स्थानीय तहमा सम्भव भएसम्म कम्तीमा एउटा शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै, सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतमरुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट बैंकिङ कारेबार गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

यो अवधिमा खुला रहने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफनो वेवसाइटमा अध्यावधिक गर्न, बन्द रहने शाखाको मुल ढोकामा सर्वसाधारणले देख्ने गरी बन्द शाखाको विवरण सूचना टाँस्न पनि राष्ट्र बैंकले नर्देशन दिएको छ ।

यसैगरी, प्रत्येक शाखाको मुल ढोकामा उक्त शाखाबाट प्रदान हुने वा उक्त शाखा बन्द रहेको अवस्थामा सो शाखा वा ग्राहकले बैंकिङ सेवा पाउने शाखा सम्बन्धमा सूचना दिन सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बर सहितको विवरण शाखाको मुल ढोका सूचना पाटीमा टाँस्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा छ ।

यसैगरी, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित व्यवस्था मिलाउने, अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटी, प्रतितपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here