बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह

काठमाडौं, १३ चैत । बैंकका शाखाहरुले बैंक खुल्ने समय छोट्याएका छन्।

कोरोना भाइरसको सक्रमण हुने डरले सीमित मात्र खुलेका बैंकका शाखाले बुधबारको तुलनामा बिहिबार कम समयमात्र बेकहरु खोल्ने भएका हुन् ।

कोरोना भाइरस फैलनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर सरकारले लकडाउन घोषणा गरेपछि बैंकहरुले पनि सजगकता अपनाउँदै कम समय खोल्ने र डिजिटल बैकिङको प्रयोग गर्न आह्वान गरिरहेका छन्।

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे तीन घन्टा खोलेको थियो।

बुधबार विहान १० बजेदेखि १:३० बजेसम्म जिल्लामा कम्तीमा एउटा शाखा खोलेको थियो।

सरकारकै स्वामित्व अर्को बैंक कृषि विकास बैंकले भने १०:३० बजेदेखि १:३० बजेसम्म कोटेश्वर, लठ्ठाघर, लगनखेल, महाराजगन्ज, बालाजु, नयाँ बानेश्वर, दुधपाटी, मंगलबजार, कालीमाटी, चावाहिल, सल्लाघारी र पुल्चोक शाखा खोल्ने भएको छ। धेरैजसो बैंकहरुले भने बैंक खोल्न नसकिने एटिएम, मोबाइल बैंकिङलाई प्रोत्साहन दिने बताउँदै आएका छन्।

बैंकका कर्मचारीले पनि आफ्ना ग्राहकलाई बैंकमा आउनुको सट्टा एटिएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङलगायतका डिजीटल बैकिङ सेवाहरु प्रयोग गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here